रूसमा निर्वाचन बहिष्कारको अपिल

रूसमा निर्वाचन बहिष्कारको अपिल
+
-

मस्को-रूसका विपक्षी नेता एलेक्से नभाल्नीले रूसमा आगामी वर्ष हुन लागेको राष्ट्रपतीय निर्वाचनमा सहभागी नहुन र मतदान बहिष्कार गर्न रूसी जनतासमक्ष अपिल गरेका छन्।

रूसी निर्वाचन आयोगले उनलाई राष्ट्रपतिमा उठ्न प्रतिबन्ध लगाएको छ । आफूलाई भ्लादिमिर पुटिनका विरुद्धमा उक्त चुनावमा उठ्न रोक लगाइएपछि उनले अरूलाई पनि निर्वाचन बहिष्कार गर्न आह्वान गरेका हुन्।

उनले प्रमुख विपक्षीविनाको चुनावको वैधानिकता पनि नहुने बताएका छन्। त्यसैले उनले मतदाताहरूलाई पनि अवैध निर्वाचनको विरोध गर्न आह्वन गरेका हुन्।

रूसको निर्वाचन आयोगले नभाल्नीलाई फौजदारी अभियोगमा दोषी ठहराइएको भन्दै सोमबार राष्ट्रपतिको उम्मेदवार बन्‍न पनि अयोग्य ठहराएको थियो।

रूसमा पुनः यहाँका राष्ट्रपति भ्लादिमिर पुटिन राष्ट्रपतीय निर्वाचनमा उठ्न उम्मेदवार बन्‍ने भएका छन्। उनी यसपटक चौथो कार्यकालका लागि राष्ट्रपतिमा उठ्न लागेका हुन्।नभाल्नी ४१ वर्षका मात्र छन्।

उनलाई राष्ट्रपति भ्लादिमिर पुटिनको एक बलियो चुनौतीका रूपमा हेरिएको थियो । पुटिनलाई चुनौती दिनसक्ने एकमात्र उम्मेदवारका रूपमा उनलाई हेरिएकोमा निर्वाचन आयोगले नै अयोग्य ठहर्‍याइदिएको छ।

उनलाई केही समयअघि लगाइएको भ्रष्टाचारसम्बन्धी अभियोगमा दोषी ठहरिएको भनेर निर्वाचन आयोगले चुनावमा उठ्न नपाउने निर्णय दिएको थियो।

त्यो आरोपको उनले खण्डन गर्दै आएका छन्। उनले निर्वाचन आयोगले आफूविरुद्ध लगाएको अभियोग राजनीतिक रूपमा प्रेरित भएको र त्यो सबै राष्ट्रपति पुटिनको निर्देशनमा भएको दाबी गरेका छन् ।

निर्वाचन आयोगको यो निर्णयका विरुद्धमा रुसी नागरिकले विरोध प्रदर्शन गर्ने चतावनी पनि उनले दिएको बताइएको छ।

उनले यो चुनाव नभई पुटिनका पक्षधरहरुले मात्र भागलिने राजनीतिक कार्यक्रम भएको पनि आरोप लगाए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?