काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार (आज) भेटवार्ता हुने भनिए पनि भेट अझै निश्चित नभइसकेको स्रोतहरूले बताएका छन्।
माओवादी अध्यक्ष अझैसम्म पनि चितवनमै छन्। उनी कतिबेला काठमाडौं फर्किने हुन् भन्ने पनि टुंगो नभएको दाहालका स्वकीय सचिव जोगबहादुर महराले बताए।
‘हामी अझै चितवनमै छौं। हाम्रो कार्यक्रम सकिइसकेको छैन। प्रचण्डजी आज वा भोलि काठमाडौं फर्किनसक्नुहुन्छ। भेटवार्ताबारे कुनै टुंगो छैन’, महराले देशसञ्चारसँग मंगलबार टेलिफोन वार्तामा भने।
ओलीका प्रेस संयोजक चेतन अधिकारीले पनि भेटवार्ताबारे कुनै निश्चित नभएको बताए ।
‘बाहिर भेट हुने हल्ला भए पनि भित्र भने त्यस्तो केही कुरा भएको छैन’, अधिकारीले टेलिफोनमा भने।
एमाले नेता विष्णु पौडेल र घनश्याम भुसालले पनि भेटवार्ताबारे आफूहरूलाई केही थाहा नभएको बताए।
पार्टी एकीकरण र वाम गठबन्धनको सरकार निर्माण हुने छलफल चले पनि केही दिनदेखि माओवादी अध्यक्ष दाहाल काठमाडौं बाहिर छन्।
गृहजिल्ला चितवनका विभिन्न कार्यक्रममा व्यस्त देखिए पनि राष्ट्रिय राजनीतिमा अहिले उनी कम संलग्न भएको देखिन्छ। उनी किन काठमाडौं नआएका हुन् भन्नेबारे स्रोतले भने केही खुलाउन चाहेन। ‘हामी कार्यक्रमहरूमै व्यस्त छौं’, महराले भने।
पुष्पकमल दाहालको काठमाडौं फिर्तिमा टुंगो नलागिरहँदा मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवा भने हात्ती महोत्सव उद्घाटनका लागि चितवनको सौराहा पुगेका छन्।
यो पनि हेर्नुहोस्:

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































