अन्तरिक्ष कार्यक्रमको नाममा परमाणु परीक्षण गर्दै उत्तर कोरिया

अन्तरिक्ष कार्यक्रमको नाममा परमाणु परीक्षण गर्दै उत्तर कोरिया
+
-

सोल– उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपणको तयारी गरिरहेको छ। अन्तरिक्ष कार्यक्रमको बहानामा उसले परमाणु परीक्षण गर्ने तयारी गरेको बताइएको छ।

परमाणु र क्षेप्यास्त्र परीक्षणको विषयलाई लिएर संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाइरहेको छ।

उत्तरले हाल उपग्रह, ब्यालिस्टिक क्षेप्यास्त्रको प्रविधि प्रयोग गरेर कुनै पनि प्रक्षेपण गर्न पाउँदैन।

दैनिक समाचारपत्र जुङ्गाङ इलबोले दक्षिण कोरियाको सरकारी अधिकारीलाई उद्दृत गर्दै भनेको छ, ‘विभिन्‍न माध्यमबाट हामीले थाहा पाएका छौं, उत्तर कोरियाले नयाँ उपग्रह निर्माण गरेको छ।’

यसलाई क्वाङम्योङसोङ–५ नाम दिइएको छ। उत्तरले क्यामरा र दूरसञ्चार यन्त्रसहितको उपग्रह अन्तरिक्ष कक्षमा राख्दै छ।

उत्तर कोरियाले सन् २०१ को फेब्रुअरीमा क्वाङम्योङसोङ–४ उपग्रह प्रक्षेपण गरेको थियो। अन्तर्राष्ट्रिय समुदायले यसलाई उपग्रह भनिए पनि ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण भएको बताउँदै आएका छन् ।

दक्षिण कोरियाली सेनाका प्रमुख प्रवक्ताले भने, ‘हामीले उपग्रह प्रक्षेपणको बहानामा प्रक्षेपण गरिने लामो दूरीको क्षेप्यास्त्र परीक्षणलगायतका उत्तर कोरियाका कामको निरीक्षण गरिरहेका छौं।’

उत्तर कोरियाली सत्तारूढ दल समर्थित सञ्‍चारमाध्यमले उपग्रह प्रक्षेपण गर्ने र अन्तरिक्ष प्रविधि विकास गर्ने अधिकार कसैले रोक्न नसक्ने उल्लेख गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?