भारतीय सेनाद्वारा ‘सीमापार आक्रमण’

+
-

नयाँ दिल्ली- भारतीय सेनाले पाकिस्तानी सीमा पार गरी आक्रमण गरेको दाबी गरिएको छ।

केही दिनअघि पाकिस्तानी सेनाको फायरिङमा आफ्ना सैनिक मारिएपछि यस्तो आक्रमण गरिएको बताइएको छ। सोमबार भारतीय सेनाका १० जवान जम्मु कश्मीरको पुंछ क्षेत्रमा नियन्त्रण रेखा पार गरी तीनजना सैनिक मारिएको दाबी गरिएको छ।

गत शनिवार कश्मीरको रजौरी क्षेत्रमा पाक बोर्डर एक्सन टिमले नियोजित तरिकाले गरेको फायरिङमा भारतीय सेनाका एक मेजरसहित तीन जवानको मृत्यु भएको थियो।

त्यसकै बदला लिन यस्तो आक्रमण गरिएको भारतीय रक्षासूत्रले जानकारी दिएको छ। यो स्थानीय तहको सामरिक अपरेसन थियो।

त्यसको नेतृत्व स्थानीय तहमै भएको बताइएको छ। यो सर्जिकल स्ट्राइक नभएको भारतको कथन छ। यसमा सीधै विशिष्ट पाकिस्तानी सेनाको चौकीलाई निशाना बनाइएको थियो। उक्त अपरेसनमा भारततर्फ कुनै क्षति भएको छैन। सेनाले यो कारबाहीको विस्तृत विवरण सार्वजनिक गरेको छैन। शनिबार पाक सेनाले नियन्त्रण रेखाभन्दा ४ सय मिटर भित्र पसेर आक्रमण गरेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?