राजनीतिक तरंगको छाया सेयर बजारमा , दोहोरो अंकले घट्यो नेप्से परिसूचक

राजनीतिक  तरंगको छाया सेयर बजारमा , दोहोरो अंकले घट्यो नेप्से परिसूचक
+
-

काठमाडौं- पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमलाई सेयर बजारले रातो झण्डा देखाएको छ।

साताको पहिलो कारोबार दिन करिब ५ अंकले घटेको नेप्से परिसूचक मंगलबार २०.६४ अंकले घटेको छ।

सोमबार क्रिसमसको बिदा परेकाले सेयर बजार बन्द थियो। मंगलबार दोहोरो अंकको गिरावट पछि नेप्से परिसूचक १४४७.०४ अंकमा पुगेको छ।

मंगलबार बिहानदेखि आएका राजनीतिक समाचारले सेयर बजारलाई घटाउन बल पुर्‍याएको विश्लेषण गरिदैछ।

बाम एकता बिथोलिने र प्रधानमन्त्री केपी ओली नहुने हल्ला बजारमा चले पछि त्यसको प्रत्क्षय असर सेयर बजारमा देखिएको हो। औपचारिक रुपमा यस सम्बन्धि जनाकारी सार्वजनिक हुन सकेको छैन।

ब्रोकरहरुका अनुसार बदलिएको राजनीतिक वातावरण र बढ्यो ब्याजदरले नेप्से परिसूचक घटेको हो। बैंकले सेयर कर्जामा कडाई गर्दा सेलिंङ प्रेसर बढेको उनीहरुले बताएका छन्।

साताको दोश्रो कारोबार दिन १५९ कम्पनीको ५४ करोड २ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ। नेप्से परिसूचक कारोबार सुरु भए देखि नै ओरालो लाग्दा समग्र बजार घटेको हो।

दोहोरोले सेयर बजार ओरालो लाग्दा पनि १३ कम्पनीका लगानीकर्ता नाफामा रहेका छन्। सबैभन्दा बढी महुली सामुदायिक लघुवित्त संस्थाको मुल्य बढेको छ। केही दिनदेखि निरन्तर बढिरहेको महुलीको मुल्य ९.९८ प्रतिशतले बढेको हो।

सबैभन्दा बढी घट्ने कम्पनीको अग्रस्थानमा पोग्रेसिभ फाइनान्स रह्यो। पोग्रेसिभको मूल्यमा ६.७२ प्रतिशतको गिरावट आएको छ।

सत प्रतिशत बोनस सेयर दिने अनुमान गरिएको स्ट्यान्डर्ड चाटर्ड सबैभन्दा बढी रकमको कारोबार गर्ने कम्पनी बन्यो।

स्ट्यान्डर्डको ८ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो। स्ट्यान्डर्डले राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पूँजी पुर्याउन सत प्रतिशत बोनस सेयर दिने अनुमान गरिदै आएको छ।

नेप्से परिसूचक ओरालो लाग्दा ‘अन्य’ बाहेकका उपसूचकमा गिरावट आएको छ। नेपाल टेलिकमको सेयर मुल्य बढ्दा अन्य उपसूचक ६.९४ अंकले बढेको हो। ‘क’ बर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स ४.१६ अंकले घटेर ३०४.८५ अंकमा पुगेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?