काठमाडौँ- दिनभर भेट हुने, नहुने र फेरि हुनेको सरगर्मीबीच अन्ततः नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भेटवार्ता हुन सकेन।
मंगलबार बिहान दाहालका प्रेस सल्लाहकार मनहरि तिमिल्सिनाले फेसबुकमार्फत् दाहाल चितवनबाट काठमाडौं फर्किेने र ओलीसँग भेट हुने सार्वजनिक गरेपछि सञ्चारमाध्यमभर दुई अध्यक्षको भेटले स्थान पाएको थियो।
देशसञ्चारले दिउँसो गरेको फलोअपमा भेट अनिश्चित भएको सार्वजनिक भएको थियो। दिउँसो करिब साढे तीन बजे दाहालका स्वकीय सचिव जोगबहादुर महराले आफूहरू काठमाडौं आइपुगेको जानकारी गराएका थिए।
दाहाल काठमाडौं आइपुगेसँगै ओली-दाहाल भेटको सम्भावना बढेको थियो। तर, अन्ततः दुई नेताबीच अहिलेसम्म कुनै भेट हुन सकेको छैन। विशेष स्रोतले बताएअनुसार दुई नेताबीच आजै भेट हुने सम्भावना अत्यन्त न्यून छ।
एउटै घोषणापत्र लिएर निर्वाचन लडेका यी दुई पार्टीका शीर्ष नेताबीच केही दिनदेखि देखापरेको चिसोपनाले वाम गठबन्धनकै भविष्यमाथि प्रश्न उठेको छ। दुई नेताहरूबीचको भेटबाट राष्ट्रिय सभा निर्माण, सरकार गठन र पार्टी एकीकरणबारे निष्कर्ष निकाल्ने अनुमान गरिएको थियो।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































