काठमाडौं– तीनवटा विमानमार्फत अन्तर्राष्ट्रिय उडान भरिरहेको सरकारी ध्वजाबाहक नेपाल एयरलाइन्स फेरि समस्यामा परेको छ।नेपाल एयरलाइन्सका तीनमध्ये दुई विमान विदेशमा थन्किएका छन्। एउटा विमान केही दिनदेखि सिंगापुरमा मर्मत गरिँदै छ भने अर्को एक विमान बिग्रिएर नयाँ दिल्लीमा थन्किएको छ।
प्राविधिक समस्या आएपछि सोमबारदेखि नयाँ दिल्लीमा विमान थन्किएको स्रोतले जनाएको छ।
दुईवटा विमान थन्किएपछि अहिले नेपाल एयरलाइन्सको एउटामात्र विमानले अन्तर्राष्ट्रिय उडान भरिरहेको छ। यसैबीच एयर कन्ट्रोल सिस्टममा समस्या आएपछि मंगलबार दिउँसो घरेलु उडानलाई डाइभर्ट गरिएको छ।
विमानस्थल र विमानबीच सञ्चार सम्पर्कमा समस्या आएपछि घरेलु फ्लाइटलाई डाइभर्ट गरी अन्तर्राष्ट्रिय उडानलाई भने नियमित गरिएको स्रोतले जनाएको छ।
एयर कन्ट्रोल सिस्टमले काम नगरेपछि अप्रोच सिस्टममार्फत घरेलु उडानलाई डाइभर्ट गरिएको थियो।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































