गच्छदारको क्षेत्रमा पुन: मतगणनाको माग गर्दै सर्वोच्चमा मुद्दा

+
-

काठमाडौँ- सुनसरी ३ मा पुनःमतगणना गर्नुपर्ने माग गर्दै वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले) का भगवती चौधरीले मंगलबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन्।

नेपाली काँग्रेसका तर्फबाट विजयी भएका विजयकुमार गच्छदारले निर्वाचन आचारसंहिता विपरीत कर्मचारीलाई लतपत्तिएको र बदर मत समेत रुख चिन्ह्मा गणना गर्न लगाएको हुँदा पुनः मतगणना गर्नुपर्ने माग चौधरीले मुद्दामा गरेकी छन्।

चौधरीले मंसिर २१ गतेको मतगणनाको १९ औं लटमा निर्वाचनको मतगणना क्रममा नौ वटा अर्धकट्टीसहितको मतपत्र पाइएको तर निर्वाचन अधिकृतले सिरियल नम्बर हेर्न समेत नदिएको मुद्दामा उल्लेख गरिएको छ ।

त्यस्तै, पाँच वटा मतदान केन्द्रमा रुख चिह्नमा स्वस्तिक छाप फरक रहेको मतपत्र भेटिएको र त्यसलाई पनि सदर गरिएको तथा सूर्य चिह्नमा लागेको स्वस्तिक छापको घेरा स्पष्ट रहँदा रहँदै बदरमा गणना गरिएको मुद्दामा उल्लेख छ ।

सुनसरी ३ बाट गच्छदार ३८ हजार ९७२ मत प्राप्त गरी विजयी भएका थिए भने चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी थिइन्। (रासस)

यो पनि हेर्नुहोस्:

गच्छदारबिरुद्ध चौधरीको अग्रता कायमै

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?