हङकङका हायात भैरहवालाई निराश बनाउँदैं

हङकङका हायात भैरहवालाई निराश बनाउँदैं
+
-

काठमाडौं-मध्यक्रमका आरिफ शेख र पुनित मिश्राले उत्कृष्ट ब्याटिङ गरेपछि एभरेस्ट प्रिमियर लिग(ईपिएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा भैरहवा ग्लाडियटर्सले विराटनगर वारियसलाई एक सय २८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको भैरहवाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २७ रन जोड्यो। २७ रन जोड्दा चार विकेट गुमाएको अवस्थामा विकेटकिपर आरिफ र पुनितले गतिलो साझेदारी गरे। आरिफले ४६ र पुनितले ४९ रन बनाए।

यी दुईबीच पाँचौं विकेटका लागि ८२ रनको साझेदारी भएको थियो। आरिफले ३५ बलमा तीन छक्का र एक चौका प्रहार गरे।

अबिनाश कर्णले आरिफको विकेट लिँदें उक्त बलियो साझेदारी तोेडेका थिए। पुनितले ३४ बलमा तीन छक्का र तीन चौका हिर्काए। सुरुको नौ ओभरमा केवल २९ रन जोडेको भैरहवाले त्यसपछि दबाबबीच आक्रामक बनेको थियो।

भैरहवाका भुपेन्द्र थापा दुई, राहुल यादब सात, शरद भेषावकर आठ, र रोहित पौडेल ६ रनमा आउट भए। विराटनगरका बलर सहन अप्पुहामीले दुई तथा बसन्त रेग्मी, करण केसी, अविनाश कर्ण र पारस खड्काले एक एक विकेट हात पारे। यस खेलको विजेता फाइनल पुग्‍ने छ।

यसैबीच विराटनगरले लक्ष्य पछ्याउनेक्रममा उत्कृष्ट ब्याटिङ गरेको छ । विराटनगरले ६ ओभरमा एक विकेट गुमाएर ४९ रन जोडेको छ । बाबर हायातले आक्रामक प्रदर्शन गर्दै ४२ रन जोडेका छन् । उनले २६ बलमा तीन छक्का र चार चौका हिर्काएका छन्।

प्रतियोगितामा यसअघि दुई अर्धसतक बनाई सकेका हायात हङकङ राष्ट्रिय टोलीका सदस्य हुन् । विराटनगरले प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखलाई शुन्यमा गुमाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?