विराटनगर वारियर्स अपराजित रहँदैं फाइनलमा

विराटनगर वारियर्स अपराजित रहँदैं फाइनलमा
+
-

काठमाडौं–विराटनगर वारियर्स एभरेस्ट प्रिमियर लिग (ईपिएल)क्रिकेटको फाइनलमा पुगेको छ। त्रिवि क्रिकेट मैदानमा बुधबार सम्पन्न पहिलो खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगरले भैरहवा ग्लाडियटर्सलाई आठ विकेटले हरायो ।

टस हारेपछि ब्याटिङको जिम्मा पाएको भैरहवाले निर्धारित २० ओभरमा एक सय २७ रन जोडेको थियो। भैरहवाका आरिफ शेखले ४६ र पुनित मिश्राले ४९ रन जोडे।

विराटनगरले १७ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पुरा गयो। विराटनगरका बाबर हायात एक्लैले ६२ रन जोडे। पारस खड्काले ४२ र अंशुमान रठले २६ रन जोडे । पारसले आक्रामक ब्याटिङ गर्दै २४ बलमा चार छक्का र दुई चौका प्रहार गरे।

एक रन जोड्दा आसिफ शेखलाई गुमाएको विराटनगरलाई बाबरले बलियो स्थितीमा पु¥याएका थिए। बाबर र अंशुमानले दोस्रो विकेटका लागि ७४ रनको साझेदारी गरे। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका बाबरले ४४ बलमा पाँच छक्का र चार चौका हिर्काए । हायातले प्रतियोगितामा बनाएको यो तेस्रो अर्धशतक हो।

उनी प्रतियोगितामा सबैभन्दा बढी रन र अर्धसतक बनाउने खेलाडी हुन् । हायात हङकङ राष्ट्रिय टोलीका सदस्य हुन् । त्यसअघि भैरहवाको पालीलाई कमजोर स्थितीबाट आरिफ र पुनितले उकासेका थिए।२७ रन जोड्दा चार विकेट गुमाएको अवस्थामा विकेटकिपर आरिफ र पुनितले गतिलो साझेदारी गरे। यी दुईबीच पाँचौं विकेटका लागि ८२ रनको साझेदारी भएको थियो। आरिफले ३५ बलमा तीन छक्का र एक चौका प्रहार गरे।

अबिनाश कर्णले आरिफको विकेट लिँदें उक्त बलियो साझेदारी तोेडेका थिए। पुनितले ३४ बलमा तीन छक्का र तीन चौका हिर्काए। सुरुको नौ ओभरमा केवल २९ रन जोडेको भैरहवाले त्यसपछि दबाबबीच आक्रामक बनेको थियो।

भैरहवाका भुपेन्द्र थापा दुई, राहुल यादब सात, शरद भेषावकर आठ, र रोहित पौडेल ६ रनमा आउट भए। विराटनगरका बलर सहन अप्पुहामीले दुई तथा बसन्त रेग्मी, करण केसी, अविनाश कर्ण र पारस खड्काले एक एक विकेट हात पारे। भैरहवाको फाइनल पुग्ने आशा अझै बाँकी नै छ। बुधबार हुने पोखरा राइनोज र ललितपुर प्याट्रियट्सबीचको खेलको विजेतासँग भैरहवाले पुन फाइनल प्रवेशका लागि खेल्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?