पोखरालाई हराउँदै ललितपुर क्वालिफायरमा

+
-

काठमाडौं–पोखरा राइनोजलाई २७ रनले पराजित गर्दै ललितपुर प्याट्रियट्स एभरेस्ट प्रिमियर लिग(ईपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ। ललितपुरले फाइनल प्रवेशका लागि भैरहवा ग्लाडियटर्सको सामना गर्ने छ।

त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको ललितपुरले सन्नी पटेलको ३८,शंकर रानाको ३४ र जयकिशन कोल्सावालाको २८ रनको मदतमा निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ३८ रन जोडेको थियो।

पोखरा १९.२ ओभरमा एक सय ११ रनमा समेटियो। पोखराका इस्रारुल्लाहले २५, सुसन भारीले १७ र किशोर महतोले २३ रन बनाए।
सुनिल धमला दुई,आसिफ अली दुई, राजेश पुलामी मगर चार,शक्ति गौचन आठ, सौरभ खनाल पाँच र विनोद भन्डारी दुई रनमा आउट भए। ललितपुरका बलर सन्दिप लामिछानेले तीन तथा सन्नी पटेल, रसैद खान र पवन सर्राफले दुई दुई विकेट लिए। दीपेश भन्डारीले एक विकेट हात पारे।

राउन्ड रोबिनमा पहिलो खेल जितेको ललितपुर त्यसपछि लगातार तीन खेलमा पराजित भएको थियो। तर पाँचौं खेलमा जित हात पार्दै ललितपुरले प्ले अफमा स्थान बनाएको थियो। राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा ललितपुर रहेको छ । भैरहवा र ललितपुरबीच बिहीबार प्रतिस्पर्धा हुने छ।

यो पनि हेर्नुहोस्:

पोखरालाई हराउँदैं भैरहवा दोस्रो चरणमा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’