पोखरा रंगशालाको पुरानो प्यारापिट भत्काउन सुरु

+
-

पोखरा- पोखरामा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला बनाउन बुधबारदेखि पुरानो प्यारापिट भत्काउन सुरु गरिएको छ।

सन् २०१९ मा नेपालमा आयोजना गर्न लागिएको १३औँ दक्षिण एशियाली खेलकुद (साग) लाई मध्यनजर गर्दै नयाँ संरचना बनाउनका लागि पुरानो संरचना भत्काउन सुरु गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए।

नेपाल सरकारको कूल रु एक अर्ब ३३ करोडको लागतमा निर्माण गर्न लागिएको सो रंगशाला निर्माण शुरु गरेको १० महिनामै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

उक्त रंगशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले ग्लोबल टेण्डरसमेत आह्वान गरेकामा अन्तर्राष्ट्रियस्तरका छवटा ठेकेदार कम्पनीले निवेदन दिएको बताइएको छ।

विसं २०४२ मा निर्माण गरिएको हालको संरचना २०७२ वैशाख १२ र २९ गतेको भूकम्पले चर्केको थियो ।

पुरानो संरचना भत्काउन बोलपत्र आह्वान गरिएकामा काठमाडौँको जेबिए ठेकेदार कम्पनीले रु .४४ लाखमा ठेक्का लिएको छ।

अबको एक महिनामा पुरानो संरचना भत्काएर अन्तर्राष्ट्रिय बोलपत्रमा स्वीकृति पाएको कम्पनीले नयाँ निर्माण अघि बढाउनेछ।

यो पनि हेर्नुहोस्:

पोखरा रंगशालामा मंगलबार पाँच खेल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?