
काठमाडौं- हुण्डाईको नेक्स्ट जेन भर्ना ‘इन्डियन कार अफ दि एयर’ बाट सम्मानित भएको छ । यस पुरस्कारलाई भारतको प्रतिस्पर्धी अटो बजारमा दिइने विश्वसनीय र सर्वोत्कृष्ट पुरस्कार मानिन्छ ।
पुरस्कारले विशेषतया गाडीको इञ्जिनियरिङ, डिजाइन, प्रभावकारिता र सबैभन्दा माथि ग्राहक सन्तुष्टिलाई आधार बनाएर मूल्याङकन गर्छ। हुण्डाईले यस अघि पनि इन्डियन कार अफ दि एयरको आवार्ड ४ पटक जितिसकेको छ।
विश्वभरि करिब ९० लाख ग्राहक रहेको भर्ना सर्वाधिक रुचाइएको गाडी हो। आकर्षक बनोट, अत्याधुनिक विशेषता तथा सुबिधा सम्पन्न भर्ना ले नेपालमा एक नयाँ अध्याय लेख्ने विश्वास कम्पनीले गरेको छ ।
भर्ना एक आरामदायी गाडी मात्र नभई उत्कृष्ट बनोट, शानदार प्रदर्शन, अत्याधुनिक प्रविधि, सुरक्षित निर्माणको उत्कृष्ट संगालो छ । भर्नाको सुपर बडी स्ट्रक्चर फ्रेम निर्माणमा एड्भान्स हाई स्ट्रन्थ स्टिलको प्रयोग रहेको हुँदा भर्नाको प्रदर्शनमा थप बल मिलेको कम्पनीले जनाएको छ ।
हुन्डाइका सम्पूर्ण गाडीहरु ३ वर्ष वारेन्टी, ४ वर्ष निःशुल्क सर्भिसिङ्ग र १ आर्थिक वर्षको सवारी कर चुक्ता सहित उपलब्ध हुने कम्पनीले जनाएको छ।