
काठमाडौं- दरवारमार्गमा रहेको याक एण्ड यति होटलले ४० वर्ष पूरा गरेको छ। सो उपलक्ष्यमा बालमन्दिरका बालबालिकालाई होटेलले भव्य स्वागत गरेको छ।
बुधबार होटेलमै आयोजित कार्यक्रममा बालबालिकालाई स्वागतसँगै उपहार समेत प्रदान गरिएको थियो।
यसका साथै बालबालिकाले इच्छाएको ज्याकेट, घडी र क्रिसमसका उपहारहरु समेत होटेलले प्रदान गरेको थियो।
कार्यक्रमको अन्तिममा होटेलले भीआइपी गेष्टको सेवा प्रदान गर्दै विदाइ गरेको थियो।