पोखरा-राष्ट्रिय खेलकुद परिषद (राखेप) च्याम्पियनसिप अन्तर्गत पोखरामा महिला तथा पुरुष भलिवल च्याम्पियन सिपमा ८ खेल सम्पन्न भएका छन्।
बुधबार पुरुषतर्फ नेपाल पुलिस क्लब, पश्चिमाञ्चल, एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब क्वार्टर फाइनमा प्रवेश गरेका छन्।
चारवटै टिमले सोझो सेटमा जित हासिल गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेका हुन्।
पहिलो खेलमा नेपाल पुलिस क्लबले सुदुर पश्चिमाञ्चललाई २५–२१, २५–२२, २५–१६ को सहज जित निकाल्यो।
अर्को खेलमा पश्चिमाञ्चलले पुर्वाञ्चललाई २५–१८, २५–१८, २७–२५ ले जित निकालेको थियो ।
त्यसै गरी बुधबार नै भएको अर्को खेलमा शसस्त्र प्रहरी बलको एपीएफले मध्ये पश्चिमाञ्चललाई २५–१०, २५–९, २५–२० जित हासिल गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ। अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मध्यपश्चिमाञ्चललाई २५–८, २५–१०, २५–२० ले हरायो।
त्यसै गरी महिलातर्फ मध्यमाञ्चल, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल र एपीएफ क्लब क्वाटर फाइनलमा प्रबेश गरेका छन् ।
मध्यमाञ्चलले सुदूर पश्चिमाञ्चललाई २५–३, २५–५, २५–११ ले हरायो। अर्को खेलमा नेपाल पुलिस क्लबले पूर्वाञ्चललाई २५–१७, २५–११, २५–१४ को अन्तरले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुधबार नै भएको अर्काे खेलमा पश्चिमाञ्चलले मध्य पश्चिमाञ्चललाई २५–७, २५–९, २५–२३ ले हरायो। अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन एपीएफ क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २५–९, २५–१९, २५–७ को सोझो सेटमा हरायो।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































