एकैपटकमा जन्मिए ४ सन्तान

+
-

पटना- भारतीय राज्य बिहारको राजधानी पटनास्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा बुधबार एक महिलाले ४ बच्चालाई जन्म दिएकी छन्।

नवजात बच्चामा तीन छोरी र एक छोरा छन्। समयपूर्व नै जन्मिएकाले उनीहरूलाई हाल ‘चाइल्ड केयर युनिट’मा राखिएको छ।

एम्सकी महिला चिकित्सक एवं प्रसूति विभागकी प्रमुख डा. मुक्ता अग्रवालले उक्त जानकारी दिएकी छन्। अरवलको बम्बुई गाउँका बासिन्दा मुन्ना सावकी पत्नी रिंकु अनितादेवी पेटमा पीडा भएपछि तीन साताअघि उपचारका लागि अस्पताल आएकी थिइन्।

साढे ६ महिनामा नै अनितालाई प्रश्रव पीडा सुरु भएको थियो। त्यसपछि २५ वर्षीया रिंकुको मंगलबार अपरेशन गरिएको थियो।

अपरेशनपछि उनले तीन छोरी र एक छोरालाई जन्म दिएकी हुन्। डा. अग्रवालले भनिन्, ‘एक बच्चाको तौल ८५० ग्रामभन्दा बढी छ भने अरू सबै त्योभन्दा कम तौलका छन् । सबै बच्चा स्वस्थ छन् ।’ समयभन्दा पहिले नै जन्मिएका हुनाले उनीहरूको उचित विकास नभएको अग्रवालले जानकारी दिइन् ।

ती सबै बच्चालाई खतरामुक्त नहुन्जेल भेन्टिलेटरमा राखिने उनले बताइन् । एम्समा यस्तो सुविधा भएकाले उनीहरूलाई बचाउन सकिने आशा छ। मुन्नाको विवाह चार वर्षअघि अनितासँग भएको थियो।

नवजात शिशुका लागि खर्च गर्न उक्त दम्पतीलाई कठिन भएको छ। उनका आफन्तहरूले औषधि महँगो भएकाले खर्च धान्न गाह्रो भएको बताएका छन्। महिला चिकित्सक डा. अग्रवालले ती शिशुलाई सहयोग गर्न स्वयंसेवी संस्थालाई आग्रह गरेकी छन्।

एकैसाथ चार सन्तान जन्मिएको खबरपछि अस्पतालमा मानिसको भीड लागेको छ।

यो पनि हेर्नुहोस्:

सेती अस्पतालमा तिम्ल्याहा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?