‘कन्सिस्टेन्ट’ हायातका आक्रमण

+
-

काठमाडौं–एक साताअघि एभरेस्ट प्रिमियर लिग (ईपीएल) सुरु हुनु अघि त्यति चर्चामा थिएनन्, हङकङ राष्ट्रिय टोलीका बाबर हायात । विराटनगर वारियर्सबाट ईपिएल खेलिरहेका हायातले प्रतियोगिताको सुरुवातदेखी गतिलो छाप छाडे।

नतिजाः विराटनगर अपराजित रहँदैं फाइनल पुग्यो । नतिजा यत्तिमै सिमित छैन । हायात प्रतियोगिताको फाइनल खेल बाँकी रहँदासम्म सर्वाधिक रन र सर्वाधिक अर्धसतक बनाउने खेलाडी बनेका छन्।

उनको ब्याटिङले नेपाली तथा विदेशीबाट आएका खेलाडीको प्रदर्शन समेत ओझेलमा परेको छ। हायातले ६ खेलमा तीन अर्धसतकसहित तीन सय दुई रन बनाएका छन् । प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सुचीमा उनीभन्दा पछाडि रहेका अंशुमान रठ पनि विराटनगरकै खेलाडी हुन् र हङकङबाट खेल्न आएका हुन् ।

रठले दुई अर्धशतकसहित दुई सय ३० रन बनाएका छन् ।

प्रतियोगितामा एकभन्दा बढी अर्धसतक बनाउने यी दुईमात्र ब्याट्सम्यान हुन् । त्यसमा पनि हायातको निर्धक्क र ‘कन्सिस्टेन्ट’ प्रदर्शन लोभलाग्दो रहेको छ।
बुधबार भएको पहिलो क्वालिफायरमा हायातले भैरहवा ग्लाडियटर्सविरुद्ध शानदार ६२ रन बनाए । उनी त्यतिबेला ब्याटिङमा आएका थिए जतिबेला विराटनगर एक सय २८ रनको लक्ष्य पछ्याउँदै थियो र एक रनमै पहिलो विकेट गुमाएको थियो।

तर हायातले निर्धक्कसाथ आफ्नो खेल देखाए । उनले ४४ बलमा पाँच छक्का र चार चौका प्रहार गरे। हायातसामु भैरहवाका बलरको केही लागेन। आफु आउट हुनुअघि टोलीलाई जित नजिक पु¥र्याइ सकेका थिए।हायातले पहिलो खेलमा ललितपुर प्याट्रियट्सविरुद्ध २५ बलमा एक छक्का र पाँच चौकासहित ३४ रन बनाएका थिए। उनले पोखरा राइनोजविरुद्ध १९ बलमा तीन चौकासहित २२ रन जोडे। तेस्रो खेलमा उनले अर्धसतक बनाए, चितवन टाइगर्सविरुद्ध ।

उनले ४२ बलमा ६ छक्का र पाँच चौकासहित ८१ रन बनाएका थिए।राउन्ड रोबिनमा भैरहवाविरुद्ध भएको खेलमा पनि उनले ३५ बलमा एक छक्का र दुई चौका प्रहार गर्दै ३६ रन जोेडेका थिए । हायातले पाँचौं र छैटौं दुवै खेलमा अर्धशतक हिर्काए ।

काठमाडौं किंग्स इलेभेनविरुद्ध भएको खेलमा हायातले ५० बलमा चार छक्का र पाँच चौका प्रहार गर्दै ६७ रन जोडेका थिए । प्रतियोगितामा हायात र अंशुमानको जोडी जमेको देखिन्छ। टोली संकटमा परेको बेला कम्तीमा यी दुईमध्ये एकले राम्रो खेलेका छन्, साझेदारी गरेका छन् ।

२६ वर्षिय हायात पाकिस्तानको एट्टकमा जन्मिएका हुन् । उनले हङकङ टोलीबाट हालसम्म १६ वटा एकदिवशिय अन्तर्राष्ट्रिय खेल खेल्दै आठ अर्धसतक बनाएका छन् । उनले टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा २४ खेल खेल्दै एक शतक र दुई अर्धसतक बनाएका छन् ।

उनी हङकङ राष्ट्रिय टोलीको प्रारम्भिक ब्याट्सम्यान हुन् । सन् २०१४ मा अफगानिस्तानविरुद्ध खेल्दै एकदिवशिय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका बाबरले सोही वर्ष विश्वकपमा नेपालविरुद्ध खेल्दै टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?