
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विहीबार पुन: भेट्ने भएका छन्।
बुधबार ओली निवास बालकोटमा करिब डेढ घन्टा भेटघाट गरेका ओली-दाहाल नयाँ सरकार निर्माण र राष्ट्रियसभामा गठनबारे परामर्श गर्न भेट्न लागेको एमाले निकट स्रोतले बतायो।
ओली र दाहाल भेट्ने भएपछि पार्टी समायोजन समितको बैठक भने आज नबस्ने भएको छ।
बुधबारको भेटमा दुई शीर्ष नेतृत्वबीच नयाँ सरकार निर्माणका लागि देउवा सरकारले मार्ग प्रसस्त गर्नुपर्ने, राष्ट्रियसभामा गठनका लागि निर्वाचन आयोगलाई तत्काल समानुपातिक सूची सार्वजनिक गर्न आग्रह गरिनेमा पक्कापक्की भएको थियो।
यो पनि हेर्नुहोस्: