साताको अन्तिम कारोबार पनि दोहोरो अंकले घट्यो

साताको अन्तिम कारोबार पनि दोहोरो अंकले घट्यो
+
-

काठमाडौं-कारोबार रकममा सुधार हुँदा पनि साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

बिहिबार १६२ कम्पनीको कारोबार हुँदा ८१ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ।

स्ट्यान्डर्ड चाटर्ड बैंकको २ हजार ९४ कारोबारबाट २२ करोड ८० लाख रुपैयाँको सेयर खरिद बिक्रि हुँदा कारोबार रकम वृद्धि हुन पुग्यो।

निरन्तर नेप्से परिसूचक ओरालो लाग्दा यस साता मात्रै परिसूचकमा ६९.६९ अंकको गिरावट आएको छ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १०.७३ अंकले घटेर १४१४.७८ अंकमा पुगेको छ।

महुली सामुदायिक लघुवित्त संस्थाको मुल्य बढ्ने क्रम बिहिबार पनि रोकिएन। बिहिबार पनि महुलीको मुल्य १० प्रतिशतले बढेको छ।

सबैभन्दा बढी घट्ने कम्पनीको सूचीको नयाँ नेपाल लघुवित्त बिकास संस्था रह्यो। नयाँ नेपालको मुल्यमा ५ प्रतिशतको गिरावट आएको हो।

ट्रेडिङ होटल र अन्य उपसूचक उकालो लाग्दा बैंकिंङ, बिकास बैंक, हाइड्रोपावर, फाइनान्स, बिमा, उत्पादनमुलक र माइक्रोफाइनान्स उपसूचक ओरालो लागेको थियो।

बजारमा देखिएको तरलता अभावलाई सेयर बजार ओरालो लाग्नुको प्रमुख कारणको रुपमा लिँदै आएको छ।

ब्रोकरहरुले नयाँ सरकारले लिने आर्थिक नीतिमा बजारको दिशा निर्भर हुने बताए।

यो पनि हेर्नुहोस्:

आज सेयर कारोबार ५ बजेसम्म हुने

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’