सोनिया साइकलमा सरर

सोनिया साइकलमा सरर
+
-

पणजी-भारतीय कांग्रेसकी निवर्तमान अध्यक्ष सोनिया गान्धी छुट्टीमा रहेका बेलाको फोटोले चर्चामा आएकी छिन्। गोवामा साइकिल चढेको फोटोले उनले चर्चा बटुलेकी हुन्।

हाल सोनिया छुट्टी मनाउन गोवामा छिन्। बलिवुड नायक रितेश देशमुखले ट्विटरमा सोनियाको फोटो सेयर गरेका छन्। साइकिलमा सोनिया निकै प्रसन्न मुद्रामा देखिन्छिन्।

१९ वर्षसम्म कांग्रेसको नेतृत्व सम्हालेकी सोनिया यसरी बिदा मनाउन गोवा पुगेकी हुन्। रितेशले ट्विट गर्दै लेखेका छन्, ‘केही फोटो देखेर  खुशी लाग्छ । तीमध्ये यो एउटा हो । सोनियाजी यसैगरी स्वस्थ र खुसी रहून्।’

उनी बिरामी भएर लामो समयदेखि उपचार गराइरहेकी थिइन्। ७१ वर्षीया सोनियाले केही दिनअघि कांग्रेसको अध्यक्षबाट जिम्मेवारी छोडेकी थिइन्। उनले १६ डिसेम्बरमा छोरा राहुल गान्धीलाई पार्टी अध्यक्ष बनाएकी थिइन्।

त्यसलगत्तै सोनियाले आफूलाई कांग्रेसबाट टाढा राखेकी छन्। बिहीबार मनाइएको पार्टीको १३३ औं स्थापना दिवसमा पनि उनी उपस्थित भइनन्। क्रिसमस र नयाँ वर्षको छुट्टी मनाउन उनी गोवा पुगेकी हुन्  जनवरी पहिलो साता उनी दिल्ली फर्कनेछिन्। (एजेन्सी)

यो पनि हेर्नुहोस्:

राहुल गान्धीले सम्हाले भारतीय कांग्रेसको नेतृत्व

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’