
देश सञ्चार
पुस १३, २०७४
अ
+
अ
अ
-
विवेकशील साझा पार्टीले प्रदेश नम्बर ३ को प्रदेशसभामा छानिने तीन सांसदको नाम सार्वजनिक गरेको छ।
केन्द्रीय समितिको बुधबार बसेको बैठकले प्रदेशसभा निर्वाचन ऐन, २०७४ अन्तर्गत निर्वाचन आयोगले तोकेको मापदण्डअनुसार सिन्धुपाल्चोकका रमेश पौड्याल, ललितपुरकी शोभा शाक्य र काठमाडौंका विराजभक्त श्रेष्ठलाई प्रदेशसभा सदस्यमा चयन गर्ने निर्णय गरेको हो।
यी तीनै जनाको नाम बिहीबार नै निर्वाचन आयोगमा पठाइएको छ।

