आयोगले प्रतिनिधिसभा समानुपातिक सूची नतोकेको भन्दै एमालेको असन्तुष्टि

+
-

काठमाडौं -नेकपा (एमाले)ले अहिलेसम्म निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन तर्फको समानुपातिक सूची घोषणा नगरेकोमा असन्तुष्टि पोखेको छ ।

बिहीबार सम्पन्न एमालेको स्थायी समितिको बैठकले निर्वाचन आयोगलाई समानुपातिक निर्वाचन परिणाम छिटोभन्दा छिटो सार्वजनिक गर्न ध्यानाकर्षण गरेको स्रोतले जनाएको छ।

बैठकले समानुपातिक निर्वाचनको परिणाम सार्वजनिक नहुँदा सरकार निर्माणमा ढिलाइ भएको निष्कर्ष निकालेको उक्त स्रोतले जनायो।

राष्ट्रिय सभाबारे राष्ट्रपतिसँग पुगेको अध्यादेशबारे दलहरू विभाजित भएकाले पनि समानुपातिक निर्वाचनको परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगले ढिलाइ गरेको आशंका गरिएको छ। यद्यपि निर्वाचन आयोगले पहिले नै राष्ट्रिय सभाको विवादले समानुपातिक निर्वाचन परिणाम र सूची गर्न सार्वजनिक गर्न समस्या नपार्ने बताएको थियो ।

एमाले स्थायी समिति बैठकले समानुपातिक मत सार्वजनिक गर्नेबारे निर्वाचन आयोगसँग छलफल गर्न प्रतिनिधि मण्डल पठाउने निर्णय पनि गरेको स्रोतले बतायो।

त्यस्तै बैठकले प्रदेश सभा तर्फ सातै प्रदेशका लागि आफ्ना प्रतिनिधिहरूको सूची तयार पारेको छ ।

यो पनि हेर्नुहोस्:

एमाले प्रदेश समानुपातिक सांसदको अन्तिम सूची तयार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?