इरानको संसद्ले जेरुसेलमलाई प्यालेस्टाइनको राजधानी घोषणा गरेको छ।
संसदको बहुमतद्वारा इरानले जेरुसेलमलाई प्यालेस्टाइनको राजधानी घाेषणा गरेको हो।
इरानको समाचार संस्था फार्स न्यूज एजेन्सीका अनुसार २९० सदस्यीय संसदमा बुधबार २०७ जना सांसदले जेरुसेलमलाई प्यालेस्टाइनको राजधानी बनाउने प्रस्तावमा समर्थन गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानी घाेषणा गरेको प्रतिक्रियास्वरुप इरानको घोषणा अाएको हो। अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्ताव राष्ट्रसंघीय महासभामा असफल भएको थियो।
यो पनि हेर्नुहोस्: