‘ सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं ’

‘ सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं ’
+
-

पोखरा-अंग्रेजी नयाँ वर्षको स्वागतार्थ ‘ सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्दै पोखरामा १९ औं सडक महोत्सव सुरु भएको छ।

पोखरालाई नयाँ वर्षको गन्तब्यस्थलको रुपमा स्थापित गर्ने उद्देश्यले आयोजित सडक महोत्सवको प्रतिनिधिसभाका सदस्य रवीन्द्र अधिकारीले विहीबार उद्घाटन गरे। अधिकारीले अबको आर्थिक समृद्धि पर्यटन विकासबाट हुने बताए। उनले विश्वको उत्कृष्ट गन्तब्य पोखरामा पाँच वर्ष भित्रमा २० लाख पर्यटन भित्रयाउन लक्ष्यका साथ काम गर्नु पर्ने बताए।

रेष्टुरेन्ट एण्ड बार एशोसियसन रेबान पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरेको सडक महोत्सव विहिबारदेखि मंगलबारसम्म चल्ने छ। महोत्सवमा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम अन्तर्गत जापान, चीन, कोरिया, भारतका सांस्कृतिक कार्यक्रम रहनेछन् भने नेपालका सात वटै प्रदेशका सांस्कृतिक कार्यक्रमहरु समेत दर्शकले हेर्न पाउनेछन्।

मेलामा छिमेकी ६ जिल्लाबाट उत्पादित सुन्तला तथा कृषिजन्य पदार्थको प्रदर्शनी, सडकमै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक खेल, वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्ट लगायत कार्यक्रम राखिएको छ।

कार्यक्रममा प्रदेश सभाका नवनिर्वाचित सांसद राजिब पहारी, कृष्ण थापा, विन्दुकुमार थापा, रामजी बराल , दीपक कोइराला लगायतले पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिका विषयमा साझा धारणा राखेका थिए । रेवान पोखराका अध्यक्ष एंव कार्यक्रम संयोजक चौ बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय प्रशासक लक्ष्मण अर्याल, कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसी, पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्मा, निवर्तमान अध्यक्ष गोपी भट्टराई, द्वितीय उपाध्यक्ष लक्ष्मण बराल लगायतले पनि बोलेका थिए ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?