तीन तलाक अवैध भन्दै विधेयक पारित

+
-

नयाँ दिल्ली- भारतीय संसद् लोकसभामा पेश गरिएको तीन तलाक सम्बन्धी मुस्लिम महिला (विवाह अधिकार संरक्षण) विधेयक बहुमतले पारित भएको छ।

विधेयकमा तत्काल एकैपटक दिइने तीन तलाकलाई दण्डनीय अपराधको कोटमा राखिएको छ।

तीन तलाक घोषणा गर्ने व्यक्तिलाई तीन वर्षको जेल सजाय र जरिवानाको व्यवस्था गरिएको छ।

कानुनमन्त्री रविशंकर प्रसादले गरिब र उपेक्षा गरिएकी मुस्लिम महिलाका पक्षमा खडा भएर यस्तो विधेयक ल्याइएको बताए।

उनले भोटका लागि राजनीति नगरी मानवीय हिसाबले सोच्न पनि आग्रह गरे।

विधेयकमा दिनभर छलफल भएको थियो।

विधेयकको विपक्षमासांसद असद्दुदिन ओवैसी, भर्तुहरि माहताब, कांग्रेसकी सुष्मिता देव र सीपीआईएमका ए सम्पथले पनि संशोधन प्रस्ताव पेश गरेका थिए।

लोकसभाबाट बहुमतले पारित भएपछि यस विधेयकलाई राज्यसभामा पठाइने भएको छ।

राज्यसभाबाट स्वीकृत भएपछि राष्ट्रपतिकहाँ पठाइनेछ। राष्ट्रपतिद्वारा हस्ताक्षर भएपछि यसले कानुनको रूपमा मान्यता पाउनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?