
काठमाडौँ- राजधानीमा शुक्रबार अपांगता भएकाहरुका लागि पहुँचयुक्त भौतिक संरचना हुनुपर्ने माग राख्दै ह्विलचेयर र्याली गरिएको छ।
करुणा फाउन्डेसन र स्पाइनल स्पोर्ट्स एसोसिएसनको संयुक्त आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट र्याली सुरु गरिएको थियो। प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको र्याली नारायणचौर नक्सालमा पुगेर समापन भएको थियो।
र्यालीमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य आउने भनिए पनि अन्तिम समयमा उनी कार्यक्रममा आएनन्।











