अनिल शाह अब नबिल जान पाएनन्

अनिल शाह अब नबिल जान पाएनन्
+
-

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई एक संस्था छोड्ने बित्तिकै अर्को संस्थामा जान रोक लगाएको छ। राष्ट्र बैंकले शुक्रबार जारी गरेको निर्देशनपछि प्रमुख कार्यकारी अधिकृतहरु सेवा निबृत्त भएको ६ महिनासम्म कुनै पनि बैंकमा जान पाउँने छैनन्।

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ को अधिकार प्रयोग गर्दै निर्देशन जारी गरेको बताए।

राष्ट्रबैंकको निर्देशनले नबिल बैंकका नबनियुक्त प्रमुख कार्यकारी अधिकृत अनिल शाहलाई प्रत्यक्ष रुपमा असर परेको छ। राष्ट्र बैंकले २०७४ पुस १३ गते निर्देशन जारी गरेको हो। शाहलाई पनि सञ्चालक समितिले पुस १३ गते नै नियुक्त गरेको थियो।

शाहको नियुक्ति फागुन ५ गतेबाट मात्र लागू हुनेछ। राष्ट्र बैंकको निर्देशन अनुसार शाहले  अब जेठ पछि मात्रै नबिलबैंकको नेतृत्व गर्न पाउने छन्। शाह मेगाबाट गत पुस २ गतेबाट अवकाश भएका हुन्।

यस्तै राष्ट्र बैंकले जुनसुकै कारणले प्रमुख कार्यकारी अधिकृतबाट हटे पनि कुनै पनि संस्थामा संचालक हुन् पनि रोक लगाएको छ।

राष्ट्रबैंकले जारी गरेको निर्देशनले बैंक तथा बित्तीय संस्थाका संचालकहरु पनि एउटा संस्थामा अवधि समाप्त भएको ६ महिना सम्म अर्को संस्थामा नियुक्त हुन् पाउने छैनन्।

यो पनि हेर्नुहोस्:

अनिल शाह फेरि नबिलमै फर्किए

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’