प्योङ्याङलाई चीनले तेल दिएको ट्रम्पको आरोप

+
-

चीनले उत्तर कोरियालाई तेल दिइरहेको सूचना सार्वजनिक भएको भन्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आलोचना गरेका छन्।

यसबाट आफू निकै निराश बनेको पनि उनले खुलासा गरेका छन्।

ट्विट गर्दै ट्रम्पले चीन रंगेहात पक्राउ परेको बताएका छन्। उत्तर कोरियालाई पेट्रोलियम पदार्थ आपूर्ति भइरहे कोरियाली संकट कहिले पनि शान्तिपूर्वक समाधान नहुने उनको भनाइ छ। संयुक्त राष्ट्रसंघले उत्तरमाथि लगाएका प्रतिबन्धमा चीनले साथ नदिएको आरोप ट्रम्पले लगाउँदै आएका थिए। चीनले यस्ता आरोप अस्वीकार गर्दै आएको छ।

गत साता संयुक्त राष्ट्रसंघबाट उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध पारित भएको थियो। यसअन्तर्गत उत्तर कोरियाले आयात गर्दै आएको पेट्रोलियम पदार्थमा ९० प्रतिशत कटौती गर्ने निर्णय भएको थियो। अमेरिकाको उक्त प्रस्तावमा चीनले पनि राष्ट्रसंघमा समर्थन गरेको थियो। उत्तर कोरियाको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण कार्यक्रम रोक्न उक्त प्रतिबन्ध लगाइएको हो। उत्तर कोरियाले भने यस्ता प्रतिबन्धको बेवास्ता गर्दै निरन्तर क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ।

दक्षिण कोरियाको समाचारपत्र चोशुन इल्बोले सार्वजनिक गरेको प्रतिवेदनमा चीनले गोप्य रूपमा तेल ट्यांकर उत्तर कोरिया पठाइरहेको उल्लेख छ। यस्तो प्रतिवेदन सार्वजनिक भएपछि राष्ट्रपति ट्रम्प चीनप्रति आक्रामक बनेका हुन्। दक्षिण कोरियाली अधिकारीलाई उद्धृत गर्दै प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘अमेरिकी स्याटेलाइटले अक्टोबरपछि ३० पटक पेट्रोलियम पदार्थ लिएर उत्तर कोरिया जाँदै गरेका चिनियाँ ट्यांकरको तस्बिर खिचेको छ।’

अमेरिकी विदेश विभागका एक अधिकारीले रोयटर्ससँगको कुराकानीमा चीन र उत्तर कोरियाबीच पेट्रोलियम पदार्थको लेनदेन भइरहेको दाबी गरेका छन्। उनले उत्तर कोरियामाथि नाकाबन्दी लगाइएका बेला ट्यांकरका ट्यांकर तेल निर्यात हुनु चिन्ताको विषय भएको बताए। उत्तर कोरियाको प्रमुख व्यापारिक सहयोगी चीनले बारम्बार आफूले राष्ट्रसंघको प्रतिबन्धको समर्थन गर्ने स्पष्ट पार्दै आएको छ।
चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता रेन ग्वाकियाङले पत्रकारको जिज्ञासा शान्त पार्दै भने, ‘तपाईंहरूले भनेजस्तो सम्भवै छैन।’

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता माइकल केभीले पुनः सबै देशलाई उत्तर कोरियासँगको व्यापारिक सम्बन्ध टुंग्याउन आह्वान गरेका छन् ।

केभीले भने, ‘हामी उत्तर कोरियासँगको आर्थिक सम्बन्ध विच्छेद गर्न आह्वान गर्छौं । यसमा पर्यटन र पेट्रोलियम पदार्थको व्यापार पनि पर्छ। यसैबीच बिहीबार संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियाका ४ वटा जहाजलाई बन्दरगाह प्रयोग गर्न अनुमति दिएको थिएन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?