न्यूयोर्कको अपार्टमेन्टमा आगलागी हुँदा १२ को मृत्यु, चार सिकिस्त

न्यूयोर्कको अपार्टमेन्टमा आगलागी हुँदा १२ को मृत्यु, चार सिकिस्त
+
-

न्युयोर्क-न्युयोर्कको ब्रोन्क्स क्षेत्रमा रहेको एक अपार्टमेन्टमा आगलागी भएपछि एक वर्षे बच्चासमेत १२ जनाको मृत्यु भएको छ।
द न्युयोर्क पोस्टका अनुसार बिहीबार साँझ सवा ६ बजे आगलागी भएको थियो। मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।

ब्रोन्क्स चिडियाखाना नजिकै रहेको बेलमोन्ट क्षेत्रका घरहरू खरानी भएका छन्। न्युयोर्कका मेयर बिल डे ब्लासियोले भने, ‘हामी छुट्टीका बेला परिवारका सबै सदस्य एकै साथ भएका बेला अकल्पनीय दुःखद अवस्थामा फसेका छौं। यस इलाकामा आज राति परिवारका सदस्य बिछोडिनुपरेको छ।’

त्यस शहरमा २५ वर्षपछि यस्तो दुःखद घटना भएको उनले बताए। आगलागीबाट उद्धार गरिएका चारजना गम्भीर रूपमा घाइते भएका छन्। उनीहरू बाँच्न सक्ने अवस्था न्यून छ। अधिकारीका अनुसार आगलागीमा ज्यान गुमाएका बालकलाई आफ्नी आमाको काखमा राखेको अवस्थामा बाथ टबबाट निकालिएको थियो।

न्युयोर्कका अग्निनियन्त्रण विभाग प्रमुख ड्यानियल निग्रोले आगो पहिलो तलाबाट शुरु भएको जानकारी दिए। छिटै पाँचौं तलासम्म फैलिएको थियो। आगलागीको कारण भने थाहा नभइसकेको उनले बताए। न्युयोर्कका गभर्नर एन्ड्रयू क्युमोले ट्विट गरेका छन्, ‘हामी ब्रोन्क्समा लागेको भयानक आगलागीबाट दुःखी छौं । पीडितका परिवारप्रति समवेदना व्यक्त गर्दछौं।’

यो पनि हेर्नुहोस्:

आगलागीबाट मुम्बर्इमा चौधको मृत्यु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?