बजारमा पैसा घट्यो, राष्ट्रबै‌ंक ५ अर्बको ऋणपत्र किन्दै

+
-

काठमाडौँ-बजारमा तरलता अभाव देखिएपछि नेपाल राष्ट्रबैंकले ऋणपत्र खरिद गर्न लागेको छ। राष्ट्रबैंकले नेपाल सरकारको विकास ऋणपत्र खरिद गर्दै ५ अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो।

तरलता अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुले १२ प्रतिशतभन्दा माथिको ब्याजदरमा निक्षेप संकलन गर्न थालेका छन्। राष्ट्रबैंकले बजारमा पठाउने रकमले तरलता सम्बोधन गर्न केही सघाउ पुग्ने राष्ट्रबैंकका अधिकारी बताउँछन्। आउँदो आइतबार नेपाल राष्ट्रबैंकले ऋणपत्र खरिद गर्न लागेको हो।

वाणिज्य बैंकका एक प्रमुख कार्यकारी अधिकृतले ऋणपत्र खरिद गर्ने राष्ट्रबैंकको निर्णयले बजारलाई केही राहत मिल्ने बताए।

उनी बैंकले अनावश्यक कर्जा लगानी गर्दा तरलता अभाव भएको बताउँछन्।

उनका अनुसार एनसेलले डलर खाताको रकम लाभांशको रुपमा लैजाँदा तरलता अभाव हुन्छ भन्नु जायज हुँदैन। एनसेलले लाभांश लैजाँदा भुक्तानी सन्तुलनमा भने असर पर्ने उनले बताए।

विगतको तथ्यांकसँग तुलना गर्दा निक्षेप बढिरहेको भन्दै उनी बैंकहरुले आक्रामक रुपमा कर्जा लगानी गर्दा तरलता अभाव चुलिएको बताउँछन्।

राष्ट्र बैंकले कर्जा लगानीमा ध्यान दिन भन्दाभन्दै पनि बैंकहरुले नाफामा मात्रै फोकस गरे। पुँजी वृद्धिको निर्णयपछि कर्जा विस्तार गर्ने प्रेसरमा बैंकहरु थिए तर बैंकले गुणस्तरीय कर्जा लगानीमा ध्यान नदिँदा समस्या आएको हो।

उनी कर्जा लगानीमा गम्भीर नहुने हो भने धेरै बैंक तथा वित्तीय संस्था जोखिममा पर्ने बताउँछन्।

के हो ऋणपत्र?

सरकारले सर्वसाधारणलाई जारी गरेको सरकारी धितोपत्रलाई ऋणपत्र भन्छन्। सरकारले ऋणपत्र बिक्री गर्दै बजारबाट पैसा उठाउने गर्छ भने ऋणपत्र खरिद गर्दै बजारमा पैसा पठाउने गर्छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’