कावासोती -नवलपरासी (वर्दघाट पूर्व)का उद्योगी व्यवसायीहरू निर्वाचनमा जुटेका छन् । यही पुस २१ गते हुन गइरहेको उद्योग वाणिज्य संघ, नवलपरासी (वर्दघाट पूर्व)को सातौं साधारण सभा एवं चौथो अधिवेशनका लागि शुक्रवार दुई वटा प्यानलले उम्मेदवारी दर्ता गराएका छन् ।
वाम गठबन्धन र नेपाली काँग्रेस गरी दुई प्यानलले उम्मेदवारी दर्ता गराएका हुन् ।
वाम गठबन्धनको तर्फबाट डासुराज पोख्रेलको नेतृत्वमा रहेको प्यानलले उम्मेदवारी दर्ता गराएको छ । उक्त गठबन्धनबाट पोख्रेल अध्यक्ष, हरि प्रसाद सुवेदी वरिष्ठ उपाध्यक्ष, किरणकुमार श्रेष्ठ वाणिज्य उपाध्यक्ष, हरिश्चन्द्र पोख्रेल उद्योग उपाध्यक्ष, केशवराज भट्टराई महासचिव, लालप्रसाद बराल सचिव र नेत्रप्रसाद सुनार कोषाध्यक्ष पदका उम्मेदवार छन् ।
नेपाली काँग्रेस प्यानलबाट पुष्प पाण्डे अध्यक्ष, बैकुण्ठप्रसाद अर्याल वरिष्ठ उपाध्यक्ष, तेजराम अर्याल उद्योग उपाध्यक्ष, गोविन्दबहादुर क्षेत्री वाणिज्य उपाध्यक्ष, नवराज सुवेदी महासचिव, काशीराज लामीछाने सचिव र मणिप्रसाद गुरूङ कोषाध्यक्ष पदका उम्मेदवार छन् ।