नेपाल आर्मी र एपिएफ क्लब पुरुष भलिबलको फाइनलमा

नेपाल आर्मी र एपिएफ क्लब पुरुष भलिबलको फाइनलमा
+
-

पोखरा-नेपाल आर्मी र एपिएफ क्लब पोखरामा जारी राखेप च्याम्पियनसिप अन्तर्गत ३१ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

नेपाल आर्मीले अर्को विभागीय टोली नेपाल पुलिसलाई र एपिएफले आयोजक पश्चिमाञ्चललाई हराउँदै फाइनमा प्रवेश गरेका हुन्।

आर्मीले संघर्षपूर्ण खेलमा नेपाल पुलिसलाई ३–२ को सेटमा हरायो। आर्मीले २५– २३, १९–२५, २५–२३, १९–२५ र १६—१४ को सेटमा हरायो।
शुक्रबार भएको अन्तिम खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले पश्चिमाञ्चललाई ३—० को सोझो सेटमा हराउँदै आर्मीसगँको भेट पक्का गरेको हो।

एपिएफले २५–१६, २५–२१ र २५–२३ अंक बटुल्दै पश्चिमाञ्चलाई हरायो। तेस्रो स्थानका लागि आयोजक पश्चिमाञ्चल र नेपाल पुलिस क्लब भिड्ने छन्।

त्यसैगरी २१ औं महिला राष्ट्रिय भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब फाइनलमा प्रवेश गरेको छ। शुक्रबार बिहान भएको खेलमा पश्चिमाञ्चललाई सोझो सेटमा हराउँदै एपिएफ फाइनलमा प्रवेश गरेको हो। एपिएफले पश्चिमाञ्चललाई २५–१८, २५–२२ र २५–२२ को सोझो सेटमा जितेको हो। जितसँग एपिएफ फाइनलमा प्रवेश गरेको छ। शुक्रबार नै भएको अर्को सेमिफाइलनमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै मध्यमाञ्चलले एपिएफसँगको भेट पक्का गरेको छ।

न्यु डायमण्डका खेलाडीको सेट टिम नै मध्यमाञ्चबाट मैदानमा उत्रिँदा नेपाली पुलिस क्लब ३–१ को सेटमा पराजित भयो। नेपाल पुलिस क्लबले पहिलो सेट जिते पनि त्यसपछिका सबै तीन खेल नै मध्यमाञ्चलले जितेको थियो। मध्यमाञ्चलले २२– २५, २५–२०, २७–२५ र २५–१३ ले हरायो। तेस्रो स्थानका लागि शनिबार पश्चिमाञ्चल र नेपाल पुलिस क्लबबीच खेल हुनेछ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’