
अ
+
अ
अ
-
सरकारी जागिर छाडेर समानुपातिक सूचीमा बसेका एकजनाको नाम प्रदेशसभा सदस्यमा सिफारिस नगरिएको भन्दै शुक्रबार साँझ राष्ट्रिय जनता पार्टीको बिजुलीबजारस्थित कार्यालय तोडफोड भएको छ।
मधेसी कर्मचारी मञ्चका सदस्यहरुले पार्टीको केन्द्रीय कार्यालयमा तोडफोड गरेका हुन्। मञ्चका पूर्वअध्यक्ष विनोदकुमार सिंह राजपाको प्रदेश २ को समानुपातिकमा थिए। उनी सरकारी जागिर छाडेर समानुपातिकमा बसेका थिए। तर, उनको नाम सिफारिस नभएपछि शुक्रबार साँझ कार्यालयमा तोडफोड भएको हो।
यो पनि हेर्नुहोस्: