चीनको जीनानमा सोलारजडित राजमार्ग (भिडियोसहित)

+
-

काठमाडौं-चीनले विश्‍वमै पहिलो पटक सोलार जडान भएको राजमार्ग निर्माण गरेको छ। पूर्वी चीनको शानदोङ प्रान्तको राजधानी जीनानमा सोलारयुक्त राजमार्ग बनाएको डेली मेलले उल्लेख गरेको छ।

करीब १.२ किलोमिटर लामो उक्त सोलार राजमार्गमा इलेक्ट्रिक सवारी साधन समेत गुड्‍न सक्ने बताइएको छ। दुइ लेन राजमार्गमा ओछ्‍याइएको सोलारले जमेको हिउँलाई समेत पगाल्‍ने हुँदा गाडी पनि सजिलै कुदाउन सकिनेछ।

राजमार्ग यस्तै जिनानको दक्षिणतर्फ रहेको उच्चस्तरको फोटोभेल्टिक राजमार्ग जिनान सिटी एक्सप्रेस वे’ पनि खुल्‍ला गरिएको छ। उक्त राजमार्गमा विशेष किसिमको सोलार प्‍यानेल जडान गरिएको छ भने सकमा मेडियम साइजको भ्‍यान समते गुड्ने गरी बनाइएको छ। यसका साथै यो सडकले सहरलाई विजुली समेत प्रदान गर्ने बताइएको छ।

राजमार्ग सोलार राजमार्ग तीन तहमा बनाइएको छ। पहिलो तहमा ट्रान्सप्यारेन्ट कंक्रिट बिछ्याएको छ । यसले परम्परागत रोडलाई बिलियो बनाइ दिएको छ।

यस्तै बीचको भागमा रहेको तहमा पावर जडान गरिएको छ जसमा सोलार प्‍यानल जडान गरिएको छ। त्यसैगरी छेउमा रहेको तहले भने फोटोभेल्टिक सिस्टम जोडिएको छ । यसले पृथ्वीमा रहेको भागलाई छोएको छ।

राजमार्ग सोलारयुक्त यो राजमार्गलाई चीनको क्‍व‌लु ट्रान्सपोर्टेशन डेभेलोपमेन्ट ग्रुप नाम कम्पनीले बनाएको सानदोङको जाइमियान समाचार संस्थाले जनाएको छ। यो कम्पनीले करीब १० महिना लगाएर उक्त राजमार्ग गत सेप्टेम्बरमा पूरा गरेको थियो । ६ सय ६० स्वायर मिटरमा फैलिएको यो राजमार्गमा फोटोभेल्टिक प्यानलले झनै आकर्षित गरेको छ भने ग्रिडमा पावर जोडेर बिजुलीको उत्पादनमा टेवा पुर्‍याएको छ।

राजमार्ग

पूरै राजमार्गमा करीब २ हजार ८ सय ८० फोटोभेल्टिक प्‍यानल्स जडान गरिएको छ। यो राजमार्गबाट प्रत्‍येक वर्ष करीब २८० मेगावाट बिजुली उत्पादन हुने अपेक्षा गरिएको छ। जसले पूरै गाउँलाई नै झलमल्ल पारिदिनेछ।

राजमार्ग

यसैको देखासेखी गरेर अरु देशले पनि यस्तो प्रकारको राजमार्ग बनाइरहेका छन्। विकसित मुलुकहरु नेदल्‍याण्ड र फ्रान्सले सोलार जडित राजमार्ग बनाइसकेका छन भने अरु देशले तयारी गरिरहेका छन्। (एजेन्सीको सहयोगमा)

राजमार्ग

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?