भैरहवालाई एक रनले हराउँदै विराटनगर च्याम्पियन

भैरहवालाई  एक रनले हराउँदै विराटनगर च्याम्पियन
+
-

काठमाडौं– भैरहवा ग्लाडियटर्सलाई एक रनले हराउँदै विराटनगर वारियर्स एभरेस्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटको विजेता बनेको छ।त्रिवि क्रिकेट मैदानमा एक सय ५० रनको लक्ष्य पछ्याएको भैरहवाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४८ रनमात्र जोड्न सक्यो।

भैरहवाका कप्तान शरद भेषावकरले ५२, प्रथम सालुन्केले ३० र आरिफ शेखले २७ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुनै समय ९.५ ओभरमा एक विकेट गुमाएर ८७ रन जोडेको भैरहवा सहज स्थितिमा देखिएपनि भरपर्दा अन्य ब्याट्सम्यानबाट गतिलो साथ पाउन सकेन।

प्रदिप एैरी ६, रोहित पौडेल सात र राहुल यादब ६ रनमा आउट भए। विराटनगरका बलर पारस खड्का एक्लैले तीन विकेट लिए।

करन केसी र अनिल शाहले दुई दुई विकेट हात पारे । यसअघि विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४९ रन जोेडेको थियो। विराटनगरको पालीमा अंशुमान रठले ४१, पारस खड्काले २७, अनिल शाहले २२ र प्रनित मगरले १४ रन बनाएका थिए। विराटनगरका कप्तान पारस खड्का प्लेयर अफ दी म्याच घोषित भए। विजेता विराटनगरले २१ लाख रुपैयाँ पाएको छ।

यो पनि हेर्नुहोस्:

पारसको टीम विराटनगर वारियर्स विजयी

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’