
काठमाडौं- गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’पर्व हर्षोल्लासका साथ मनाएका छन्।
बुधबार राजधानी लगायत देशभरका गुरुङ समुदायले सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर मनाए।
काठमाडौंको टुंडीखेलमा समेत गुरुङ समाजले तमु ल्होसार हर्षोल्लासका साथ मनाए। कोही गुरुङ भेषभूषामा चुडका नाँचमा रमाइरहेका थिए भने कोही घाटु नाचमा मग्न थिए।
बुढापाकाहरु झ्याली र खैजडीमा रमाएका थिए भने शेर्का नाँचको रौनक पनि हेर्न लायकको थियो।
यो पनि पढ्नुस्..