
कायरो-इजिप्टको राजधानी कायरोको बाहिरी इलाकामा अवस्थिात एक चर्चमा भएको भीषण आक्रमणको इस्लामिक स्ट्टेस आइएस समूहले जिम्मा लिएको छ । यस आक्रमणमा नौ व्यक्तिको मृत्यु भएको जनाइएको छ।
फ्रान्स २४ का अनुसार यस आक्रमणको दाबी आइएस समूहले लिएको छ। कायरोको दक्षिणी क्षेत्रमा रहेको एउटा चर्चअगाडि एक बन्दूकधारी समूहले गरेको आक्रमणमा परी नौ व्यक्तिको मृत्यु भएको इजिप्टको गृह मन्त्रालयले शुक्रबार पुष्टि गरेको छ ।
स्थानीय सञ्चार माध्यमका अनसुार सुरक्षाबल र आक्रमणकारीबीच दोहोरो गोली हानाहान भएको र अन्त्यमा आक्रमणकारीले आफैले आफैलाई गोली प्रहार गरेर आत्महत्या गरेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीसँग गर्नु भएको टेलिफोन वार्तामा यस आक्रमणको निन्दा गरेका थिए।
इजिप्टमा केही बर्ष क्रिस्चियन समूदायलक्षित बम र बन्दुक आक्रमण बढ्दै गएको पाइन्छ। रासस
यो पनि हेर्नुहोस्:
काबुलको एक सांस्कृतिक केन्द्रमा भीषण आक्रमण हुँदा ४० को मृत्यु