इजिप्टका पूर्वराष्ट्रपति मोर्सीलाई ४८ वर्ष जेल

इजिप्टका पूर्वराष्ट्रपति मोर्सीलाई ४८ वर्ष जेल
+
-

कायरो, इजिप्ट- इजिप्टको एक अदालतले पूर्वराष्ट्रपति मोहम्मद मोर्सीले अदालतको अपहेलना गरेको अभियोगमा शनिबार तीन बर्ष जेल सजाय तोकिएको यहाँको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ। अब उनको जेलावधि ४८ वर्ष पुगेको छ।

अदालतले पूर्व राष्ट्रपति मोर्सीसहित उहाँको मुश्लिम ब्रदरहुड समूहका १८ जना सदस्यलाई सोही अभियोगमा काराबास सजायका लागि आदेश दिएको छ।

मुद्दाका प्रतिवादी मोर्सी तथा उनको दलका सदस्यमाथि न्याय प्रणालीमाथि अपहेलना गरेको आरोप लागेको थियो। उनीहरूले इजिप्टको अदालतका केही न्यायाधीशमाथि अपमानित गरेको तथा न्यायलयमाथि घृणा जगाउने गतिविधि गरेको अदालतले ठहर गरेको छ।

पूर्व राष्ट्रपति मोर्सीलाई सन् २०१२मा आफ्ना समर्थकलाई उक्साएर विरोधी समूहसँग भीषण भिडन्त गराएको भन्दै यस पहिल्यै २० बर्ष र कतारलाई महत्वपूर्ण कागजात चुहाएको आरोपमा २५ वर्ष जेल सजाय तोकिएको थियो ।

इजिप्टमा लामो समय शासन गरेको मुश्लिम ब्रदरहुडका प्राय: नेता अहिले कैदी जीवन विताउँदै आएका छन्। केही उच्च पदस्थ नेतालाई हिंसा गर्न उत्तेजित गरेको, इजिप्टका जासुस सदस्यको हत्या गरेको तथा जेलबाट भाग्न प्रेरित गरेको आरोपमा लामो जेल सजाय तोकिएको छ भने केही अन्यलाई पुनरावेदन गर्न मिल्ने गरी मृत्यु दण्डको सजाय सुनाइएको थियो।
–––

यो पनि हेर्नुहोस्:

जेरुसेलमलाई इजरालयको राजधानी बनाउने ट्रम्पको निर्णय विवादमा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?