
दाङ-मध्य पुस। खोला तथा नदीको पानीमा पौडन सक्ने कल्पना कमैले गर्छन्। तर, नेपाल रेडक्रस साईटी उपशाखा लालमटियाका सभापति गंगाराम भट्टराई मध्य पुसको चिसोमा पनि राप्ती नदीको पानीमा पौडिए। उनी नदीको पानीमा पौडनुको कारण रमाईलोको लागि भने होईन् । हरेक वर्ष आउने बाढीका कारण नदी आसपासका बस्ती र समुदाय उच्च जोखिममा पर्ने गर्छन्। पानीजन्य आपतकाल प्राथमिक उद्धारको सीप सिक्न भट्टराई राप्ती नदीको पानीमा पौड्न पुगेका हुन्।
उनी भन्छन्, ‘हामी रेडकर्सकर्मी हौं, हरेक वर्ष दाङ र देउखुरी उपत्यकामा पानी जन्य आपतकाल आईपर्छ, तर हामीले समन्वय गर्ने भूमिका बाहेक अरु गर्न सकेका थिएनौं, अब भने हामी पानीजन्य आपतमा फसेका मानिसहरुको सुरक्षित उद्धारको लागी पनि खट्न सक्ने भएका छौं’।
उनले भने, ‘यो हिउदको समयमा पनि हामीलाई बाढीकै चिन्ता छ, बाढीबाट जोगीनको लागी न्यूनिकरणका उपायहरु पहीलेनै हुनुपर्छ, बाढीबाट हुने क्षतिलाई हामीले कम गर्न सक्छौं, त्यही अनुसार समुदायका मानिसहरुको प्रतिकार्य क्षमता बढाउदै लगिएको छ ।’
विपद्मा फसेकाहरुको उद्धारको लागि पहिलो उद्धारकर्ता समुदायका मानिस स्वयम हुन्। विपद्मा परेकाहरुको सुरक्षित उद्धारको लागि समुदायका मानिसहरुको क्षमतामा वृद्धि गर्न थालिएको छ। सुरक्षा निकाय नेपाल प्रहरी, शसस्त्र प्रहरी र समुदायका मानिसहरुलाई एकै थलोमा राखेर पानी जन्य आपतकाल प्राथमिक उपद्धार सिप प्रदान गर्न थालीएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङका प्रमुख खिलानाथ दाहालले जानकारी दिए।
‘पहिलो उद्धारक भनेकै समुदायका मानिस नै हो, विपद् परिहालेको खण्डमा उहाँहरुनै अघि सर्नुहुन्छ, समुदायका मानिसहरुलाई जिम्मेवार बनाउदै पानीजन्य आपतकालको प्राथमिक उद्धारको सीप उहाँहरुलाई प्रदान गर्न थालिएको छ’ उनले भने–’विपद् नपरोस भन्ने चाहना सवैको हुन्छ तर, विपद्लाई रोक्न सकिदैन् तर, त्यस वाट हुने क्षतिलाई रोक्नको लागी समुदाय आफै जागरुक हुन जरुरी छ।’
स्थानीय स्रोत र साधनको प्रयोगरी लाईभ ज्याकेट, पानीमा तैरने अन्य साधनहरु निर्माण गर्न सकिन्छ। पानी खाएर फालेको मीनरवाटरको खाली वत्तल र वोराको प्रयोग गरी लाईभ ज्याकेट बनाउन सकिने र त्यसको प्रयोगबाट बाढीमा फसेकाहरुको उद्धार गर्न सकिन्छ। डोरीमा जर्किन बाधेर बाढीमा फसेकाहरुलाई उद्धार गर्न सकिन्छ। बाँस र खाली जर्किन बाँधेर पानीमा तैरने बनाउन सकिन्छ । त्यसबाट बाढीमा फसेकाहरुको उद्धार गर्न सकिन्छ। यही अभ्यास समुदाय स्तरमा गर्न थालीएको छ।
गत साउन महिनामा आएको बाढीले दाङ जिल्लाका दश स्थानीय तह मध्य ७ स्थानीय तह प्रभावित हुन पुगे । राप्ती, बबई र अन्य केही खहरे खोलाका कारण जनधनको क्षति हुन पुग्यो । साउन २७ गते आएको वाढीले दाङ जिल्लामा ७ जनाको मृत्यु भयो भने, एक जना अहीले पनि हराईरहेको विवरण जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र संग छ।
घर भत्कदा २ जना घाईते हुन पुगेका थिए। बाढीवाट विस्थापीतहरुको पुर्नस्थापनाको लागी स्थानीय तहवाट कामहरु भैरहेका छन्। अधिकांस स्थानीय तहले बाढी पिडितको पुर्नस्थापनाको लागी बजेट विनियोजन गरेका पनि छन्।