अब दृष्टिविहीन, अपांग र एक्लै सगरमाथा चढ्न खोज्नेलाई प्रतिबन्ध

अब दृष्टिविहीन, अपांग र एक्लै  सगरमाथा चढ्न खोज्नेलाई प्रतिबन्ध
+
-

काठमाडौं-सरकारले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य र पर्वतारोहणलाई सुरक्षित बनाउन सगरमाथा लगायतका शिखरमा एक्लै शिखर आरोहण गर्नमा प्रतिबन्ध लगाएको छ। नेपाल पर्यटन बोर्डका अधिकारीले भने, ‘नयाँ सुरक्षा नियमअन्तर्गत अपांगर र दृष्टिविहीनलाई पनि पर्वतारोहणमा प्रतिबन्ध लगाइएको छ।’

पर्वतारोहणलाई सुरक्षित बनाउन र पर्वतारोहणका क्रममा हुने मृत्यु घटाउन यस्तो नियम बनाइएको पर्यटन बोर्डले जनाएको छ। यसै मौसममा पर्वतारोहणका क्रममा ६ जनाको मृत्यु भएको थियो। ८५ वर्षीय मीनबहादुर शेरचनको सगरमाथा आरोहणकै क्रममा मृत्यु भएको थियो।

शेरचन सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहीको रेकर्ड बनाउन चाहन्थे। पूर्वपरराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायको पनि सगरमाथा आरोहणकै क्रममा ज्यान गएको थियो। विश्व प्रसिद्ध स्विस पर्वतारोही उली स्टेकले पनि एकल सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका थिए।

नयाँ नियमअनुसार विदेशी पर्वतारोहीले आफूसँगै एकजना पथप्रदर्शक राख्नैपर्नेछ। यसबाट नेपाली नागरिकले रोजगारी पनि पाउनेछन्।

कतिपय अधिकारवादीले भने नयाँ नियमले अपांगमाथि भेदभाव गरिएको बताएका छन्। यसको उनीहरूले आलोचना पनि गरेका छन्। सगरमाथा आरोहणको तयारी गरिरहेका हरिबुद्ध मगरले नयाँ नियमको विरोध गरेका छन्।

उनले अफगानिस्तानमा दुईवटा गोडा गुमाएका छन्। उनले सरकारको कदम अन्यायपूर्ण भएको दाबी गरेका छन्। सरकारले जेसुकै भने पनि आफूले सगरमाथा चढ्ने उनले दाबी गरेका छन्। हालसम्म सगरमाथामा ३ सयभन्दा बढी आरोहीको मृत्यु भएको छ। २ सयभन्दा बढी शव सगरमाथामै हिउँले पुरेको अवस्थामा रहेको अनुमान छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?