आफ्नै टोलमा सम्मान थाप्दै प्रचण्डले भने, त्रिदेशीय साझेदारीको वातावरण बन्दै छ

आफ्नै टोलमा सम्मान थाप्दै प्रचण्डले भने, त्रिदेशीय साझेदारीको वातावरण बन्दै छ
+
-

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकीले गरेको आर्थिक विकासबाट समेत नेपालले लाभ लिनुपर्ने बताएका छन्।

ललितपुरको खुमलटारमा स्थानीय कान्तिनगर टोल सुधार समितिले आफ्नो सम्मान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू दोस्रो पटक प्रधानमन्त्री बन्दा नेपाल, चीन र भारतबीच त्रिदेशीय साझेदारीको कुरा अगाडि बढाएको र त्यसको समेत वातावरण बन्दै गएको विश्वास व्यक्त गरे।

अर्काे प्रसङ्गमा अध्यक्ष दाहालले भने, ‘वाम गठबन्धनको पक्षमा करिब दुई तिहाइ मत प्राप्त भएको छ। त्यो मतलाई हामी देश विकास र समृद्धिमा लगाउन प्रयत्नशील छौँ । जनताले पनि हामीबाट ठूलो अपेक्षा गरेका छन्। जनतको उक्त अपेक्षालाई हामी पूरा गर्छौं। कार्यान्वयनमा लैजान्छौँ।’

उनले राजनीतिक स्थायित्व कायम गरेर देशलाई आर्थिक समृद्धिको दिशामा लैजान आफूहरु क्रियाशील रहेको उल्लेख गर्दै अब सुशासन र विकासको युग शुरु भएको बताए। ‘आर्थिक समृद्धि, सुशासन तथा जनताको पक्षमा काम गर्ने जिम्मेवारी वाम गठबन्धनको काँधमा आएको छ’, उनले भने।

नेपाली जनताले वाम गठबन्धनलाई दुई तिहाइ मत दिए पनि प्रतिपक्षमा रहेका दललाई समेत समेटेर लैजानेतर्फ आफू क्रियाशील रहेको उनले बताए। सबैलाई मिलाएर देशलाई समुन्नतिको मार्गमा लैजाने भन्दा आफू र आफ्नो पार्टीको अरु कुनै लक्ष्य र उद्देश्य नरहेको पनि उनले बताए।

टोल सुधार समितिले स्थानीय समस्या समाधानका लागि पहल गरिदिन, वाम गठबन्धन सफल बनाउन, मुलुकलाई आर्थिक समृद्धिको मार्गका लैजान र देशका तमाम समस्या समाधान गर्न अध्यक्ष दाहालसँग आग्रह गरेको टोल सुधार समितिका सदस्य गंगालाल तामाङले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?