
काठमाडौँ- दीक्षान्त एउटा अद्भूत अवसर हो- डिग्री लिँदाको खुसीसँगै विद्यार्थी जीवनको विगत सम्झँदै भविष्यको यात्रा सुरु गर्ने विन्दू हो यो।
त्रिभुवन विश्वविद्यालयको ४३औँ दीक्षान्त समारोहमा आइतबार ललितपुरको पुल्चोकमा विद्यार्थीहरु अौपचारिक पोशाकमा आकर्षक देखिएका थिए। समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दीक्षित हुने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेका थिए।
विद्यार्थीहरु दीक्षान्त समारोहको अविस्मरणीय तस्बिर आआफ्नो क्यामरामा कैद गरिरहेका थिए।
देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले आफ्नो क्यामरा कैद गरेका केही तस्बिरहरु।