
अ
+
अ
अ
-
पोखरा-अङ्ग्रेजी नयाँ वर्ष स्वागत गर्न आयोजित १९ औँ संस्करणको सडक महोत्सवले यतिबेला पोखराको लेकसाइड निकै तातेको छ।
‘सडकमै खाउँ सडकमै नाचौँ, सडकमै रमाउँ’ भन्ने नारासाथ सञ्चालित महोत्सवको आइतबार चौथो दिन मध्यरातमा अङ्ग्रेजी नयाँ वर्षको स्वागत गर्न आन्तरिक र बाह्य पर्यटक निकै आतुर देखिन्छन्।
फेवाताल छेउ किनारमा जाडाेको परवाह नगरी पर्यटकहरु नाचगान र विभिन्न परिकारका स्वादमा रमाइरहेका छ्न्।
धरानबाट श्रीमानसँग आएकी एलिना सुब्बाले महोत्सवको रौनकमा निकै झुमेको बताइन्। ‘कति रमाइलो भाछ, खै कसरी भनुँ?’ उनले रमाइलोको भावलाई हाउभाउबाट प्रस्तुत गरिन्।
रेवान पोखराका उपाध्यक्ष भिमसेन भुजेलले पर्यटकको चाप निकै बढेको बताए।
अघिल्ला वर्षभन्दा यो वर्षको न्यू इयर इभमा पर्यटकको उपस्थिति बाक्लो रहेको बताए। उनले सडक महोत्सव एेतिहासिक हुँदै गएको बताए।
यो पनि हेर्नुहोस्: