
देश सञ्चार
पुस १७, २०७४
अ
+
अ
अ
-
काठमाडौँ- काठमाडौँको लैनचौरमा सोमबार एकाबिहानै तीव्रगतिको मोटरसाइकल पेटीमा बज्रिँदा चालकको मृत्यु भएको छ।
सोमबार बिहान ४ बजे लैनचौरमा बा९०प १४०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको पेटीमा ठक्कर खाई दुर्घटना हुँदा बाग्लुङ घर भई हाल बोहराटार बस्ने २५ वर्षका साजन ठकुरीको मृत्यु भएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जीतकारले तीव्र गतिमा चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको बताए। दुर्घटनामा गम्भीर घाइते भएका ठकुरीको उपचारका क्रममा ५ः१५ बजे शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो। (रासस)
यो पनि हेर्नुहोस्:

