कारको ठक्करबाट बाटोमा हिँडिरहेकी युवतीको मृत्यु

+
-

दमौली- कारले बाटोमा हिँडिरहेका बेला ठक्कर दिँदा गम्भीर घाइते भएकी एक युवतीको उपचारका क्रममा सोमबार निधन भएको छ।

मृत्यु हुनेमा ब्यास नपा–१३ वेनीकोटकी २९ वर्षीया हरिमाया आले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

तनहुँ ब्यास नगरपालिका–४ स्थित पृथ्वीराजमार्गमा कारको ठक्करबाट गम्भीर घाइते भएकी आलेको मेट्रोसिटी अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो।

दमौलीस्थित नेशनल एपोलो अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई पोखरा लगिएको थियो।

बिहान हुस्सु लागेका बेला तीव्र गतिमा गुडेको बा९च ४४४३ नंको कारले पैदल यात्रुलाई ठक्कर दिई विपरीत दिशामा गई पोखराबाट सुनौली जाँदै गरेको ना६ख ७२११ नंको बसमा ठोक्किँदा चारजना घाइते भएका छन्।

घाइते हुनेमा पैदल यात्रु धादिङ जिल्लाका ३३ वर्षीय श्यामप्रसाद रेग्मी, व्यास नपा–१४ वेलवासका ९ वर्षीय गुरास आले तथा कार चालक काठमाडाैँ महानगरपालिका बस्ने ३३ वर्षीय सुजन श्रेष्ठ छन्। उनीहरुको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ।

कार चालक श्रेष्ठ भने उपचार हुँदाहुँदै फरार भएकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

यो पनि हेर्नुहोस्: 

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

माइक्रोबसको ठक्करबाट महिला गम्भीर घाइते

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?