
काठमाडौँ- भक्तपुरको पवित्र धार्मिक स्थल ख्वरे (हनुमानघाट)मा पौष शुक्ल प्रतिपदाका दिन माधवनारायण व्रतको विशेष अनुष्ठान आयोजना गरिएको छ।प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिने ब्रतमा विशेषतः केटा मानिसहरु सहभागी हुन्छन्। उनीहरु पल्टी मार्दै करिब २ किलोमिटरसम्मको धार्मिक यात्रामा सहभागी हुन्छन्।
विभिन्न धार्मिक ग्रन्थ अनुसार नेपाल सम्बत ७२२ मा माघ धलं नामक व्रतधर्म माधव नारायण अनुष्ठान गरी माघ पूर्णिमा कथा सुन्ने प्रचलन सुरु भएको हो।
उक्त अनुष्ठान भक्तपुरको राजउपाध्याय ब्राम्हणहरुले चलाउँदै आएका थिए।
त्यस्तै ने.स.८४९ मा रणजित मल्लले आफ्ना छोराहरुलाई यस व्रतमा संलग्न गराई माधव नारायण, लक्ष्मीमा र सरस्वतीको ढुंगाको मूर्ति हनुमानघाटमा स्थापना गरी उक्त ब्रतधर्म भक्तपुर उपाकर्म गुठीबाट आलोपालो चलाएका थिए ।
तस्बिरहरु- सुलभ श्रेष्ठ
यो पनि हेर्नुहोस्: