भाञ्जा हत्या अभियोगमा मामा पक्राउ

+
-

दाङ–दाङको बंगलाचुली गाउँपालिकामा मृत भेटिएका घोराही उपमहानगरपालिका ६ बरुवागाउँ निवासी १९ वर्षीय वसन्त वलीको हत्या भएको पुष्टि प्रहरीले गरेको छ।जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दुर्गा सिंहले वलीको हत्या भएको र घटनामा संलग्न भएको अभियोगमा वलीका मामा बंगलाचुली गाउँपालिका निवासी २४ वर्षीय भोजराज महरालाई नियन्त्रणमा लिएको जानकारी दिइन्।

वलीको शव गत बिहीबार बंगलाचुली गाउँपालिका ४ श्रीबारीमा फेला परेको थियो। चारदिन अघि घोराहीको बरुवा गाउँस्थित घरबाट भाञ्जा वली र मामा महरा सँगै निस्किएका थिए। भाञ्जा मृत अवस्थामा फेला पर्दा मामा महरा भने सम्पर्कविहीन थिए। प्रहरीले उनका मामा महरालाई भारतबाट पक्राउ गरेर ल्याएको एसपी सिंहले जानकारी दिइन्। केही युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि वलीको हत्या भएको पुष्टि भएको हो।

वलीको शरीरको माथिल्लो भागको कपडा फुकालेको अवस्थामा शव फेला परेको थियो भने शरीरभर निलडाम र घाउखत रहेको प्रहरीले जानकारी दिएको छ। हत्याको अभियोगमा पक्राउ परेका महरालाई अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत, प्रहरी निरीक्षक गोपिकृष्ण सुबेदीले जानकारी दिए। के कारणले मामाले भाञ्जाको हत्या गरेका हुन् भन्ने विषयमा प्रहरीले केही बताएको छैन। घटनाको अनुसन्धान भइरहेको छ।

यो पनि हेर्नुहोस्:

गौचन हत्याका मुख्य योजनाकार पक्राउ

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?