समानुपातिक त्रुटि सच्याउने कांग्रेसको कसरत

समानुपातिक त्रुटि सच्याउने कांग्रेसको कसरत
+
-

काठमाडौं-निर्वाचन आयोगले समानुपातिक सूचीमा त्रुटी सच्याउन पत्रचार गरे लगत्तै नेपाली कांग्रेसका शीर्ष नेताहरु कसरतमा लागेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास वालुवाटारमा कांग्रेसका शीर्ष नेताहरु समानुपातिक त्रुटीबारे छलफल जुटेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले देश सञ्‍चारलाई बताए।

उनले भने ‘ समानुपातिक त्रुटीबारेको छलफलमा अर्जुन नरसिंह केसी, कृष्ण सिटौलालगायत सहभागि छन्। तर निश्‍कर्ष भने निकाल्न सकेनन्।’

आयोगले समानुपातिकमा देखिएको त्रुटि सच्याउन तीन दिनको समयसीमा दिएपछि नेपाली कांग्रेससहित ६ वटा दलहरुलाई समावेशी र पहिलेको प्राथमिक क्रमानुअनुसार सूची बनाएर पठाउन पत्रचार गरेको थियो।

आयोगले दलहरुले बुझाएको प्रदेश समानुपातिक सूचीमाथिको छानबिन मंगलबार साँझ मात्रै सम्पन्‍न गरेको थियो।

निर्धारित म्याद (शुक्रबार) भित्र दलहरुले पठाएको सूचीलाई शनिबारदेखि निरन्तर रुजु गर्ने काम सुरु भएको थियो। रुजुका क्रममा त्रुटि भेटिएपछि सच्याउन दलहरुलाई आयोगले समय दिएको हो।

यो पनि हेर्नुहोस्:

समानुपातिक त्रुटि सच्याउन आयोगद्वारा दलहरुलाई पत्राचार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?