नयाँ वर्षमा सबै अवार्डसहित देखिए रोनाल्डो

नयाँ वर्षमा सबै अवार्डसहित देखिए रोनाल्डो
+
-

म्याड्रिड– सन् २०१८ को पहिलो दिन चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आफुले खेल जिवनमा जितेका १५ ब्यक्तिगत अवार्डसहित देखिएका छन्। यी पोर्चुगिज खेलाडीले पोर्चुगलस्थित आफ्नो घर रहेको मडेइरामा राखिएका आफ्नै ब्यक्तिगत अवार्डसहित तस्विर खिचाएका छन्।

रोनाल्डोले हालसम्म पाँच पटक विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने विश्वको सर्बोत्कृष्ट वर्ष फुटबलर अवार्ड, तीन पटक बेलोन डिअर अवार्ड, तीन पटक युरोपियन वर्ष फुटबलर , एक पटक युरोपियन क्लब वर्ष फुटबलर, चार पटक युरोपियन गोल्डेन अवार्ड लगायत दर्जनौं अवार्ड जितेका छन्।

उनले पछिल्लो दुइ सिजन फिफा वर्ष खेलाडी , युराेपियन वर्ष  खेलाडी र बेलोन डियर सबै जितेका छन्। यो सिजन भने रोनाल्डोको प्रदर्शन सन्तोषजनक छैन। उनले यो सिजन रियल म्याड्रिडका लागि २२ खेलमा १६ गोल गरेका छन्। घरेलु लिगमा उनले १२ खेल खेल्दै चार गोल गरेका छन्।

यता अर्का चर्चित स्ट्राइकर लियोनल मेसीले भने गर्भवती श्रीमती एन्टोनेला रोक्कुजोस“ग खिचाएको तस्विर सार्वजनिक भएको छ । मेसी तेस्रो सन्तानको पिता बन्ने तयारीमा छन्। समकालिन फुटबलमा मेसी र रोनाल्डोमध्ये को सर्बोत्कृष्ट भन्ने विवाद छ । यो विवाद वर्षौसम्म चलिरहने छ।

मेसीले हालसम्म पा“च पटक फिफा वर्ष खेलाडी, एक पटक बेलोन डिअर, चार पटक युरोपियन गोल्डेन बुट, एक पटक युरोपियन वर्ष खेलाडी लगायत दर्जनौं अवार्ड जितेका छन् । ३० वर्षिय मेसीले यो सिजन २५ खेलमा १९ गोल गरेका छन् । घरेलु लिगमा उनले १७ खेलमा १५ गोल गरेका छन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’