नारायणगढ–मुग्लिन सडकमा रातिदेखि यातायात बन्द हुने

नारायणगढ–मुग्लिन सडकमा रातिदेखि यातायात बन्द हुने
+
-

चितवन-नारायणगढ–मुग्लिन सडकखण्डमा मंगलबार रातिदेखि यातायात बन्द गरेर काम गरिने भएको छ।

सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

काममा सन्तोषजनक प्रगति हुन नसकेपछि तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको बताइएको छ।

नारायणढबाट मुग्लिनतर्फ जाने बस र साना सवारीलाई दासढुंगाको मानवबस्ती नभएको खोला किनारमा रोक्ने व्यवस्था गरिने छ।

यसैगरी ट्रकलाई भतेरी र रामनगरको जंगल क्षेत्रमा रोक्ने व्यवस्था मिलाइएको छ । काठमाडौँतर्फबाट आउने बस र साना सवारीका लागि मुग्लिन बजार र ट्रकलाई लेवाटारमा रोक्ने व्यवस्था मिलाइएको छ। तनहुँतर्फबाट आउने सवारीलाई पुलपारि नै रोक्ने व्यवस्था गरिएको छ ।

ट्राफिक प्रहरी कार्यालयले आज सूचना जारी गरी सो मार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनलाई सडक बन्द हुने समय मिलाई आवतजावत गर्न आग्रह गरेको छ । सूचनामा काठमाडौँबाट छुट्ने बस र साना सवारीलाई राति १० बजेभित्र मुग्लिन बजार पार गर्ने गरी आउन भनिएको तथा मुग्लिनतर्फ जाने सवारीलाई बिहान ३ बजे रामनगर पार गर्ने गरी समय व्यवस्थापन गर्न आग्रह गरिएको छ ।

काठमाडौँबाट नारायणगढतर्फ आउने मालवाहक ट्रकलाई राति ९ बजेभित्र लेवाटार पार गर्ने गरी सञ्चालन गर्न आग्रह गरिएको छ । अन्यथा ती सवारी लेवाटारमा रोकिनेछन् । मुग्लिनतर्फ जाने ट्रकलाई राति ९ बजेपछि रामनगरको भतेरी जंगल इलाका पार गरिसक्न आग्रह गरिएको छ।

नारायणढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालले हालसम्म समग्रमा ६८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए। पहिलो खण्डमा ६८ प्रतिशत, दोस्रो खण्डमा ७४ प्रतिशत र तेस्रो खण्डमा ६१ प्रतिशत काम सम्पन्न भएको बताइएको छ।

उक्त सडकखण्डको १६ किलो र २२ किलोमा पाँच सय मि र ३३ किलोमा ३०० मि भित्तो काट्ने काम अझै बाँकी रहेको खनालले जानकारी दिए। उनका अनुसार हालसम्म १३ दशमलव ५ किमी सडक एक तह कालोपत्र भएको छ । सो सडक तीनपत्र कालोपत्र गरिँदै छ । राजधानी र मोफसलको ‘जीवनरेखा’का रुपमा यो सडकलाई लिने गरिन्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?